
२५ मंसिर, काठमाडौं । नबिल बैंकले ३० प्रतिशत लाभांश दिने भएको छ । २५ मंसिर आइतबार बसेको बैंक सञ्चालक समतिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पूँजीको १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
नबिलको प्रस्तावित लाभांश आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुले हालसम्म प्रस्ताव गरेकोमध्ये उच्च हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4