
काठमाडौं । कुमारी बैंकको विशेष साधारणसभाले नेपाल क्रेडिट एण्ड कमर्स बैंकसँग एक आपसमा गाभ्ने/गाभिने (मर्जर) गर्ने सम्बन्धमा गरिएको अन्तिम सम्झौतापत्र स्वीकृत गरेको छ ।
२५ मंसिमा सम्पन्न विशेष सभाले मर्जरसम्बन्धी बाँकी कार्य र आवश्यक प्रक्रियाहरु पुरा गरी नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडसँग मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।
एनसीसी बैंकसँगको मर्जर सम्बन्धी समझदारी पत्र, संयुक्त मर्जर समिति गठन, दुवै संस्थाको सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न सञ्चालक समितिबाट गरिएको लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिकका सम्बन्धमा भएको निर्णय अनुमोदन गर्ने निर्णय भएको बैंकले जनाएको छ ।
यस्तै एक आपसमा गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चल/अचल सम्पत्ति तथा कारोबारको मूल्यांकन प्रतिवेदनको आधारमा निर्धारण गरिएको १ः१ को सेयर स्वाप अनुपात पनि स्वीकृत भएको छ ।
एक आपसमा गाभिए पछि बन्ने संस्था कुमारी बैंक लिमिटेडको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धि हुने भएकोले सोही अनुसार पूँजी वृद्धि गरी वृद्धि भएको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी अनुसार प्रबन्धपत्रको दफा ५(क), ५(ख) र ५(ग) संशोधन गर्ने तथा नियमावलीको नियम ८ मा सञ्चालक संख्या ७ जना हुने गरी र नियम २९ मा सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्था संशोधन गर्ने प्रस्ताव समेत पारित भएको बैंकले जनाएको छ ।
दुवै बैंक एक आपसमा गाभ्ने/गाभिने (मर्ज) प्रक्रिया सम्पन्न भए पश्चात चुक्ता पूँजी २६ अर्ब भन्दा बढी हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया 4