
तालिवान सुरक्षाकर्मी । फाइल तस्वीर
२६ मंसिर, काठमाडौं । अफगानिस्तान पाकिस्तान सीमा क्षेत्रमा भएको गोली हानाहानमा १० जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६ जना पाकिस्तानी र ३ जना अफगानी नागरिक तथा १ जना अफगानी सुरक्षाकर्मी छन् । घटनामा पाकिस्तानमा १७ जना र अफगानिस्तानमा १० जना घाइते भएका बीबीसीले जनाएको छ ।
अफगानी सुरक्षाकर्मीले बिना कारण गोली हानेको पाकिस्तानी सेनाको आरोप छ । अफगानिस्तानबाट बिना कारण गोला वारुद प्रहार भएपछि आफूहरुले पनि जवाफी कारबाही गरेको पाकिस्तानी सेनाले बताएको छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले घटनाको निन्दा गरेका छन् ।
अफगानिस्तानी सुरक्षाकर्मीले आफ्नै भूमिमा चेकपोष्ट बनाउन थालेपछि पाकिस्तानी सेनाले त्यसलाई रोकेका कारण विवाद भएपछि गोली हानाहान भएको अफगानिस्तानका सैन्य अधिकारीलाई उदृत गर्दै वेलायती समाचार संस्था रोयटर्सले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4