+
+

नेपालगञ्जमा टीभीएसको एओजी राइड

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते १७:०८

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार नेपालगञ्जदेखि मेरो प्लानेटसम्म अपाचे ओनरस ग्रुप (एओजी) राइड आयोजना गरेको छ । राइडमा ३७ जना राइडरहरुको सहभागिता रहेका थिए ।

टीभीएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी लगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरिसकेको छ । अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

एओजी राइडमा सहभागी राइडरहरुले अभियानमा सहभागी हुने अवसर दिएकोमा कम्पनीलाई विशेष धन्यवाद दिंदै बाइकिङ प्रविधि सिक्ने मौका समेत पाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?