+
+

नेपालमा भित्रियो गुगल टिभी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २७ गते १९:०९

काठमाडौं । एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलले नेपालमा गुगल टिभी भित्राएको छ । गूगल टिभी प्रयोगकर्तालाई सहज र सरल तरिकाले टिभी चलाउन मद्धत गर्ने अत्याधुनिक युजर इन्टरफेस/ ओएस हो । यसमा प्रयोगकर्ताले आफ्नो मनपर्ने सामग्री सहज तरिकाले एपहरूमा नगइकन होम स्क्रिनबाट नै सेलेक्ट गरेर हेर्न सक्छन ।

गुगल टिभिको प्रारम्भिक सेटअप पछि प्रयोगकर्ताले गुगल टिभीको होम स्क्रिन देख्न सक्नेछन् । होम स्क्रिनमा विभिन्न एपहरू, चलचित्रहरू र टिभी कार्यक्रमको स्लाइड हुन्छन् जुन प्राथमिकताका आधारमा देखाइन्छ ।

टीसीएल गुगल टिभी परम्परागत स्मार्ट टिभी भन्दा एक कदम अगाडि रहेको समेत टीसीएलको भनाइ छ । यसमा गुगलप्ले स्टोरका साथै प्यारेन्टल कन्ट्रोल, स्मुथनेस र इन्हेन्सड युजर इन्टरफेरेन्सहरु रहेको छ । जसले गर्दा प्रयोगकर्ताहरुले टिभी चलाउँदा सहज र सजिलो महसुस गर्ने समेत बताइएको छ । यस बाहेक गुगल टिभीले टेलिभिजन अनुभव सुधार्न क्रोमकास्ट र ब्युल्ट इन गुगल एसिस्टेन्टमा पहुँच प्रदान गरेको कम्पनीले जनाएको छ ।

नेपालभर टीसीएल ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजीईओएल रहेको छ । सीजी इलेक्ट्रोनिक्सले सीजी डिजिटल शोरुम तथा बिक्रेता सञ्जालमार्फत सेवा प्रदान गरिरहेको छ । कम्पनीका सीजी डिजिटल शोरुम काठमाडौंभित्र टंगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधेराधे, रविभवन, कीर्तिपुर, हात्तिगौडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?