
२८ मंसिर, काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री बाहेकका पदमा विपक्षी दलसँग समझदारी गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, प्रदेश प्रमुख लगायतका साझा पदहरुमा विपक्षी दलसँग समझदारी गरेर अघि बढेमात्रै राजनीतिमा स्थिरता कायम हुने उनले बताए ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उपमहासचिव रिमालले समझदारीका रुपमा अघि नबढे मुलुकमा अस्थिरता पैदा हुने बताए । ‘प्रधानमन्त्री त अंकगणितले निर्देशित गर्छ । गठबन्धनको हिसाबले तय हुन्छ । प्रधानमन्त्री बाहेक साझा पदहरुमा विपक्षी दलको समझदारी लिन आवश्यक छ,’ उनले भने, ‘कसरी समझदारीमा अघि बढ्ने भन्ने कांग्रेसले सोच्नुपर्छ ।’
अंक गणितका आधारमा अघि बढ्न खोजे त्यसले ल्याउने असमझदारीले मुलुकमा अस्थिरता आउने उनले बताए । उनी भन्छन्, ‘यसले मुलुक हीत गर्दैन । राजनीतिप्रति वितृष्णा बढ्छ । त्यो नहोस् भन्ने हाम्रो चाहना हो ।’
प्रतिक्रिया 4