
काठमाडौं । विश्व चर्चित फिल्म पोर्टल आईएमडीबीले सन् २०२२ का १० उत्कृष्ट हलिउड र भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ ।
रोचक कुरा भारतीय सूचीमा एउटा मात्र हिन्दी फिल्म अटाएको छ । एसएस राजामौली निर्देशित ‘आरआरआर’ शीर्षस्थानमा छ । विवेक अग्निहोत्रीको ‘द कश्मीर फाइल्स’ दोस्रो स्थानमा छ ।
हलिउडमा भने यस वर्ष डीसी कमिक्सको सुपरहिरो फिल्म ‘द ब्याटम्यान’ शीर्षस्थानमा छ । दोस्रो स्थानमा ‘डक्टर स्ट्रेन्ज : इन द मल्टिभर्स अफ म्याडनेस’ सूचीकृत छ ।
फिल्मको सबैभन्दा ठूलो डेटाबेस मानिने आईएमडीबीले आफ्नो मासिक २० करोड पेज भ्युजको आधारमा यो सूची सार्वजनिक गरेको जनाएको छ ।
यस्तो छ सूची
भारतीय फिल्म
१) आरआरआर (राइज रोअर रिभोल्ट)
२) द कश्मीर फाइल्स
३) केजीएफ : च्याप्टर २
४) विक्रम
५) कान्तारा
६) रकेट्री : द नाम्बी इफेक्ट
७) मेजर
८) सीता रामम
९) पोन्नियन सेल्भिन : पार्ट वान
१०) ७७७ चार्ली
हलिउड फिल्म
१) द ब्याटम्यान
२) डक्टर स्ट्रेन्ज : इन द मल्टिभर्स अफ म्याडनेस
३) थोर : लभ एण्ड थन्डर
४) टपगन : माभेरिक
५) ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभर
६) द नर्थम्यान
७) द ग्रे म्यान
८) एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स
९) डेथ अन द नाइल
१०) एक्स
प्रतिक्रिया 4