
काठमाडौं । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नैकापबाट पनि ‘पेसेन्जर’ श्रेणीका गाडीहरुको सेवा (पीभी सर्भिस) सुरु गर्ने भएको छ ।
पछिल्लो समय यस श्रेणीका उत्पादनहरुको बजार व्यापक रुपमा विस्तार भइरहेको भन्दै ग्राहकहरुलाई प्रभावकारी सेवा सुविधा प्रवाह गर्न पीभी सर्भिस सुरु गर्न लागेको कम्पनीले जनाएको छ ।
ग्राहकलाई प्रभावकारी एवं उत्कृष्ट ढंगले सेवा/सुविधा प्रदान गर्ने उद्देश्यले पीभी सर्भिस वर्कसप अझै थप्दै ग्राहक सेवाको विस्तार गर्ने थालनी गरिएको कम्पनीको भनाइ छ ।
पीभी सर्भिस वर्कसपमा इन्धनबाट सञ्चालन हुने र विद्युतीय (ईभी) गाडीको मर्मत सम्भार गरिने कम्पनीले जनाएको छ ।
सिप्रदीले नेपालभर २२ भन्दा बढी ग्राहक सेवा केन्द्रहरुबाट उच्चस्तरीय सेवा/सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4