
काठमाडौं । प्रभु क्यापिटलले ग्राहकका लागि ‘हेली राइड’को सफर विथ प्रभु क्यापिटलको ‘न्याना स्पेसल अफर’ नामक निःशुल्क डिम्याट योजना ल्याएका छ ।
जाडो मौसममा घरमै बसीबसी अनलाइनबाट प्रभु क्यापिटलको कार्यालय कमलादी वा प्रभु बैंकको शाखामा गई डिम्याट खाता खोल्न चाहने ग्राहकका लागि यस्तो अफर ल्याएको कम्पनीले जनाएको छ ।
यो योजना १ पुसदेखि ३० चैत २०७९ सम्म लागू हुने क्यापिटलले जनाएको छ । जसमा ग्राहकले १ वर्षका लागि ‘फ्रि’ डिम्याट खाता र मेरो सेयर प्राप्त गर्ने क्यापिटलले जनाएको छ । यस योजना अवधिभर खाता खोल्ने ग्राहकलाई लोट्रीबाट १० जना भाग्यशाली बिजेताको छनोट गरिने कम्पनीले जनाएको छ । जसले आजीवन निःशुल्क डिम्याट पाउनेछन् भने एकजना भाग्यशाली विजेताले निःशुल्क गोसाइकुन्ड हेली राइड जित्ने क्यापिटलले जनाएको छ ।
पूँजी बजारमा नयाँ लगानीकर्ता भित्र्याउने तथा सक्रिय रुपमा पूँजी बजारमा लाग्न प्रेरित गर्ने उद्देश्यले ल्याएको यो योजनामा देश विदेशमा रहने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाइन डिम्याट भरेर भिडियो केवाईसी सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ ।
जसमा व्यक्तिले अनलाइन रिक्वेस्ट गर्दा भिडियो केवाईसी वा एप केवाईसी छनोट गरी आफू अनुकूल समयमा समय लिई तुरुन्तै अनलाइन डिम्याट खाताको सुविधा पाउनेछन् ।
प्रतिक्रिया 4