
२८ मंसिर, काठमाडौं । निर्वाचन आयोगले एउटा दलको अध्यक्ष अर्को दलबाट सांसद बन्न पाउने वा नपाउने विषयमा कानुनी प्रष्टता नभएको बताएको छ । त्यसैले यस्तो विषय सम्बन्धित व्यक्तिको नैतिकतासँग जोडिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।
नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल समानुपातिक निर्वाचन पद्धतिबाट नेकपा एमालेको सांसद निर्वाचित भएका छन् । बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले एउटा दलको व्यक्ति अर्को दलको सांसद हुन पाउने कि नपाउने भनी प्रश्न सोधेका थिए ।
जवाफमा प्रमुख आयुक्त थपलिया भन्छन्, ‘एउटा दलको अध्यक्ष अर्को दलको निर्वाचन चिह्न लिएर चुनाव लड्न र समानुपातिक तर्फबाट निर्वाचित हुन पाउँछ कि पाउँदैन भन्ने विषयमा कानुनमा प्रष्ट छैन, यो नैतिकतासँग जोडिएको विषय हो ।’ तथापि, यो विषय आगामी दिनका लागि छलफलको विषय बनेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4