
काठमाडौं । हिमालयन बैंक लिमिटेडले मादी नगरपालिका र पाख्रीबास नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मादी नगरपालिकामा २३ मंसिर र पाख्रिवास नगरपालिकामा २४ मंसिरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।
बैंकको विराटनगरस्थित प्रदेश १ कार्यालय मादी शाखा र हिले शाखाले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा ७० जनाको सहभागिता रहेको बैंकले जनाएको छ ।
बंैकको यस कार्यक्रममा विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरु, राजनितिक दलका प्रतिनिधिहरु, विद्यालयहरुका शिक्षकहरु, शिक्षा शाखा प्रमुख, व्यवसायिक, विद्यार्थीहरु तथा महिलाहरु गरी करिब ७० जनाको उत्साहजनक उपस्थिति रहेको थियो ।
सहभागीहरुलाई बैंक, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाका लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने, बचत गर्ने बानी सुधार गर्ने, सहुलियत पूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, हुण्डी र त्यसका नकरात्मक असर, सफा नोट निति र नोटलाई जतन गर्ने तरिका, आदि जस्ता विषयहरुमा विस्तृत जानकारी गराइएको बैंकले जनाएकाे छ ।
प्रतिक्रिया 4