
२८ मंसिर, काठमाडौं । अखिल (क्रान्तकारी) सीटीईभीटी र पोखरा बिश्वविद्यालय समितिले संगठनविरुद्ध सार्वजनिक दुष्प्रचारमा संलग्न रहेको भन्दै अखिल (क्रान्तिकारी)का नेताहरुलाई कारवाहीको माग गरेका छन् ।
बुधबार रिपोर्टस् क्लवमा पत्रकार सम्मेलन गर्दै सीटीईभीटी र पोखरा विश्वविद्यालय समिति संवद्ध नेताहरुले यस्तो माग गरेका हुन्।
‘हामी करप्सन गर्नेलाई कारवाही गर्नुपर्छ भन्ने पक्षमा छौं । विश्वविद्यालयमा मौलाएको बेथितीविरुद्ध लामो समयदेखि आन्दोलरत पनि छौं । तर आन्दोलनलाई बदनाम गर्ने उद्देश्यले मिडियामा संगठनका केही उपाध्यक्षहरुले गरेको मिडियाबाजीले संगठनलाई बदनाम गरेको हाम्रो ठहर छ’ सीटीईभीटी राष्ट्रिय कमिटी अध्यक्ष वीरेन्द्र विष्टले भने ।
केही दिनअघि उपाध्यक्षद्वय इन्द्र भूसाल र नारायण खनालले अखिल (क्रान्तिकारी) ले पोखरा विश्वविद्यालय र सीटीईभीटीसँग बार्गेनिङ गरिरहेको प्रमाण भेटिएको सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।
अखिल क्रान्तिकारीका अर्का उपाध्यक्ष मदन भट्टराईले अखिल (क्रान्तिकारी) ले बार्गेनिङ गरेको प्रमाण भए सार्वजनिक गर्न चुनौती दिएका छन् ।
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले यस विषयमा पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी गराउने बताइन् ।
हेर्नुहोस् विज्ञप्ति :
प्रतिक्रिया 4