
काठमाडौं । फिल्म निर्देशक निश्चल बस्नेत र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबारेको एक पुरानो भिडियो अहिले टिकटक लगायतका सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
बालेनले गरेको नमस्कार निश्चलले नफर्काएर इग्नोर गरेको भन्दै भिडियोलाई सेयर गरिएको छ । निश्चलले यो भिडियोको यथार्थ बाहिर ल्याउँदै आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
बालेनलाई मेयर बनाउन अभियान चलिरहेको बेला आयोजित फिल्म ‘चिसो एस्ट्रे’को भिडियोलाई अहिले भाइरल बनाएर आफूविरुद्ध गालीगलौज गरिएको भन्दै निश्चलले आपत्ति जनाएका छन् ।
सात-आठ महिना अगाडिको भिडियोलाई अहिले भाइरल बनाइएको र साथीभाइले समेत आफूलाई यसबारे सोधखोज गर्न थालेपछि लेख्न बाध्य भएको निश्चलको दुःखेसो छ ।
उनले स्टाटसमार्फत उक्त भिडियोको यथार्थलाई यसरी प्रस्तुत गरेका छन्-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4