+
+

शिवम् सिमेन्टलाई ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर-२०२२’ अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते १३:२८

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर-२०२२’ अवार्ड प्राप्त गरेको छ ।

शिवम सिमेन्ट्स लिमिटेडलाई न्यू बिजनेश एज प्रालिले सातौं न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड २०२२ कार्यक्रममा विभिन्न फरक फरक सातओटा संस्थागत विधामा दिइएको उक्त अवार्डहरु मध्ये शिवम् सिमेन्टले उक्त अवार्ड पाएको हो ।

यसभन्दा पहिला पनि शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भइसकेको थियो ।

हेटौंडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?