+

तेक्वान्दो खेलाडी शेरबहादुरलाई खेलाडी कल्याणकारी कोषबाट उपचार सहयोग

२०७९ मंसिर  २९ गते १६:४९ २०७९ मंसिर २९ गते १६:४९
तेक्वान्दो खेलाडी शेरबहादुरलाई खेलाडी कल्याणकारी कोषबाट उपचार सहयोग

२९ मंसिर, काठमाडौं । कलेजोको रोगबाट पीडित तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी शेरबहादुर सिंहलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोष र राष्ट्रिय खेलकुद परिषद् (राखेप) आर्थिक सहयोग प्रदान गरेको छ ।

भारतको नयाँदिल्लीमा उपचाररत कैलालीका सिंहलाई कोषले २ लाख र परिषद्ले ३ लाख गरी नगद ५ लाख प्रदान गरेको कोषका सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए।

कोषका अध्यक्ष राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपाल तेक्वान्दोका मुख्य प्रशिक्षक नवीन श्रेष्ठलाई ५ लाखको चेक बिहीबार हस्तारन्तरण गरे ।

सिंहको उपचार दिल्लीस्थित नारायण सुपरस्पेसियलिस्ट अस्पतालमा भइरहेको उनको कलेजो प्रत्यारोपण गर्नुपर्नेछ । चिकित्सकका अनुसार सिंहलाई क्रोनिक लिभर डिजिज सिरोसिस भएको हो ।

राष्ट्रिय खेलाडी कल्याणकारी कोष शेरबहादुर सिंह
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय