+

कसले जित्ला गोल्डेन बल ? यी हुन् अहिलेसम्मका विजेता

२०७९ मंसिर  २९ गते १६:५४ २०७९ मंसिर २९ गते १६:५४
कसले जित्ला गोल्डेन बल ? यी हुन् अहिलेसम्मका विजेता

२९ मंसिर, काठमाडौं । विश्वकप फुटबलको उपाधिसँगै व्यक्तिगततर्फ उत्कृष्ट अवार्ड कसले पाउला भन्ने चासो पनि उत्तिकै छ ।

उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुका लागि गोल्डेन बुट, गोल्डेन बल, गोल्डेन ग्लोभ्स र योङ प्लेअर अवार्ड पनि राखिएको हुन्छ ।

जसमा प्रतियोगिताभरकै उत्कृष्ट खेलाडीलाई गोल्डेन बल अवार्ड प्रदान गरिन्छ । दोस्रो उत्कृष्टलाई सिल्भर बल र तेस्रो उत्कृष्टलाई ब्रोन्ज बल प्रदान गरिन्छ ।

जारी विश्वकपमा फाइनल पुगेका टिम अर्जेन्टिना र फ्रान्सका खेलाडीहरु गोल्डेन बुटको होडमा अघि छन् । फिफाको प्राविधिक समितिले उत्कृष्ट खेलाडीहरुको सूची तयार पार्छ र त्यसबाट एक जना खेलाडी उत्कृष्ट घोषित हुनेछन् ।

अर्जेन्टिनालाई फाइनलम पुर्‍याउन प्रेरणादायी प्रदर्शन गरेका लिओनल मेसी गोल्डेन बुटसँगै गोल्डेन बलको लागि पनि दाबेदार छन् । यस्तै फ्रान्सका किलियन एमबाप्पे र प्लेमेकरमा उत्कृष्ट भूमिका निर्वाह गरिरहेका एन्टोनी ग्रिजमन पनि गोल्डेन बलको होडमा छन् ।

यस्तै क्रोएसियालाई सेमिफाइनल पुर्‍याएका कप्तान लुका मोडरिच र मोरक्कोलाई पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुर्‍याउँदा उत्कृष्ट प्रदर्शन गरेका अच्रफ हाकिमीको पनि गोल्डेन बुट पाउने सम्भावना छ ।

सन् १९८२ मा स्पेनमा भएको १२औं संस्करणदेखि मात्र विश्वकपमा उत्कृष्ट खेलाडीलाई गोल्डेन बल र सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट अवार्ड दिन थालिएको थियो । त्यसअघि सर्वाधिक गोल गर्ने र उत्कृष्ट खेलाडी छुट्याइएने भएपनि छुट्टै आधिकारिक अवार्ड दिने चलन भने थिएन ।

सन् १९९२ मा पहिलो पटक इटलीका पाओलो रोसीले गोल्डेन बुट र गोल्डेन बल दुवै अवार्ड जितेका थिए । १९८२ देखि एडिडास गोल्डेन शु को नाममा प्रदान गर्न थालिएको अवार्ड २०१० देखि एडिडास गोल्डेन बुटको रुपमा प्रदान गर्न थालिएको हो ।

विश्वकपका उत्कृष्ट खेलाडीहरु

१९३० जोस नासाजी (उरुग्वे)

१९३४ गुसेप्पे मेएज्जा (इटली)

१९३८ लियोनिडास (ब्राजिल)

१९५० जिजिन्हो (ब्राजिल)

१९५४ फेरेन्स पुस्कास (हंगेरी)

१९५८ डिडी (ब्राजिल)

१९६२ गारिन्चा (ब्राजिल)

१९६६ बबी चार्ल्टन (इंग्ल्याण्ड)

१९७० पेले (ब्राजिल)

१९७४ योहान क्रफ (नेदरल्याण्ड्स)

१९७८ मारियो केम्पस (अर्जेन्टिना)

१९८२ पाउलो रोसी (इटली)

१९८६ डिएगो म्याराडोना (अर्जेन्टिना)

१९९० साल्भाटोर सिलाची (इटली)

१९९४ रोमारियो (ब्राजिल)

१९९८ रोनाल्डो (ब्राजिल)

२००२ ओलिभर काहन (जर्मनी)

२००६ जिनेदिन जिदान (फ्रान्स)

२०१० डिएगो फोर्लान (उरुग्वे)

२०१४ लिओनल मेसी (अर्जेन्टिना)

२०१८ लुका मोडरिच (क्रोएसिया)

फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय