
१ पुस, काठमाडौं । नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास रुपन्देहीको सालझण्डीमा सुरू भएको छ ।
रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कूलमा श्री मध्य पश्चिम पृतना हे.क्वा.का पृतनापति उपरथी याम प्रसाद ढकालले एक विशेष कार्यक्रमका बीच सुरुवात गरेका हुन् ।
विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरी सञ्चालन भएको उक्त संयुक्त अभ्यासको यो १६औं संस्करण हो ।
नेपाली सेनाबाट प्रमुख सेनानी विमल कुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना सहभागी गराई सञ्चालन भएको उक्त संयुक्त अभ्यास आगामी पुस १४ गते सम्पन्न हुने सेनाले जनाएको छ ।
संयुक्त अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा प्रतिआतंकवाद लगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापन सम्बन्धि सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा अभ्यास गर्ने छन् ।
यस अभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान हुनेछ ।
प्रतिक्रिया 4