१ पुस, काठमाडौं । अष्ट्रेलियन बिग बास लिग (बीबीएल) मा सिड्नी थण्डर १५ रनमा अलआउट भएको छ । शुक्रबार एडिलेड स्ट्राइकर्स विरुद्धको खेलमा थण्डर ५.५ ओभरमा १५ रन बनाउँदै अलआऊट भएको हो ।
थण्डरका ब्रेण्डन डगेटले सर्वाधिक ४ रन बनाए । पाँच खेलाडीले खाता खोल्न सकेन ।
थण्डरलाई १५ रनमा अलआउट गर्न एडिलेड स्ट्राइकर्सका हेनरी थोर्नटोनले ५ तथा वेस एगरले ४ विकेट लिए ।
जितका लागि १४० रनको लक्ष्य पछ्याएको सिड्नी १५ रनमा अलआउट हुँदै १२४ रनले पराजित भयो ।
सिड्नी थण्डरले बनाएको १५ रन बिग बास लिगको मात्र नभएर टी-२० फर्म्याटकै अहिलेसम्मकै कम स्कोर हो ।
यसअघि कन्टिनेन्टल कपमा चेक गणतन्त्रसँगको खेलमा टर्की २१ रनमा अल आउट भएको थियो । बिग बास लिगमा भने यसअघि मेलबर्न स्टार्स विरुद्धको खेलमा मेलबर्न रेनेगेड्स ५७ रनमा अलआउट भएको थियो ।
प्रतिक्रिया 4