
२ पुस, जुम्ला । जुम्लाबाट प्रतिनिधिसभामा समानुपातिक पद्धतिबाट ३ जना सांसद भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले एक एक जना महिलालाई सांसद निर्वाचित गरेका हुन् ।
नेपाली कांग्रेसबाट महाधिवेशन प्रतिनिधि तथा चन्दननाथ नगरपालिकाका पूर्व नगरप्रमुख कान्तिका सेजुवाल समानुपातिक सांसद बनेकी छन् ।
नेकपामा माओवादीका छिरिङ ल्यामु लामा तामाङ जनजाति र पिछडिएको क्षेत्रबाट सांसद निर्वाचित भइन् । लामा कर्णाली क्षेत्रमा मुगाली समुदायबाट संघीय सांसदमा प्रतिनिधित्व गर्ने पहिलो व्यक्ति हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले जुम्ला चन्दननाथ नगरपालिका ५ निवासी विनिता कठायतलाई सामानुपातिक सांसद बनाएको छ । समानुपातिकबाट ३ जना सांसद बनेपछि जिल्लाबाट प्रतिनिधिसभामा ४ जना सांसद भएका छन् ।
जुम्लाबाट प्रत्यक्ष निर्वाचनान राप्रपाका ज्ञानबहादुर शाहीले निर्वाचन जितेका छन् ।
प्रतिक्रिया 4