
३ पुस, काठमाडौं । मुक्तिनाथ विकास बैंकले १४.२१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । १ पुस शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले सेयरधनीलाई प्रस्ताव गरेको १४.२१ प्रतिशत लाभांश मध्ये हाल कायम चुक्ता पूँजी ५ अर्ब ६५ करोड ७१ लाख ८१ हजारको १३.५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वाषिर्क साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4