+
+

सडकमा भ्वाङ परेपछि तनहुँमा पृथ्वी राजमार्ग अवरुद्ध   

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १३:५२

३ पुस, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित खानिखोला पुल नजिकैको सडक भाँसिदा सडक अवरुद्ध भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड निर्माणको क्रममा सडक भाँसिदा पुलमा पनि असर पुगेको छ ।

आइतबार बिहान करिब १० बजेदेखि अवरुद्ध उक्त सडकखण्ड हालसम्म पनि मर्मत नहुँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

माटो हालेर सडक पुर्ने काम भइरहेको र यातायात सञ्चालन गर्न करिब एक घन्टा लाग्ने अनुमान गरिएको प्रहरी कार्यालयले बताएको छ । सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सयौं सवारी साधान सडकमा अलपत्र परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?