
धनगढी । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले धनगढीमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । धनगढीमा रहेको शोरुमबाट सुरु भएको राइड शालिनी वाटिका एन्ड ईको रिसोर्ट—गोदावरीमा पुगेर सम्पन्न भएको थियो ।
उक्त राइडमा सहभागीहरु बीच विभिन्न खेलहरु पनि खेलाइएको कम्पनीले जनाएको छ ।
करिब ५० जना राइडर सहभागि भएको उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनु पर्ने नियम र सुरक्षाको जानकारी गराएको थियो ।
कम्पनीका अनुसार राइडमा सहभागी राइडरहरुलाई प्रमाणपत्र प्रदान गरिनुको साथै आकर्षक उपहारहरु पनि प्रदान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4