
३ पुस, काठमाडौं । इरानको उत्तर मध्ये क्षेत्रको शहर किरकुक नजिकै भएको बम विस्फोटमा परेर कम्तिमा पनि ८ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।
अरु २ जना घाइते भएका छन् ।
यात्रारत सुरक्षाकर्मीलाई लक्षित गरेर बम विस्फोट भएको हो ।
विस्फोटको जिम्मा कसैले लिएको छैन ।
यो क्षेत्रमा आईएसआईएसका लडाकु सक्रिय रहँदै आएका छन् ।
राजधानी बगदादबाट २३८ किलोमिटर टाढा रहेको किरकुक शहरलाई इराकी सुरक्षा फौजले कुर्दिश लडाकूकको नियन्त्रणबाट मुक्त गरेको थियो ।
यसअघि सन् २०१४ मा इराकी सुरक्षाकर्मी भागेपछि किरकुक शहर कुर्दिसको नियन्त्रणमा पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4