+
+

समाजवादी फोरम बनाउने प्रचण्डको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १६:५१

३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी फोरम बनाउने प्रस्ताव गरेका छन् ।

आइतबार बसेको पदाधिकारी बैठकमा उनले समाजवादतिर जान सहमत शक्तिहरुलाई एउटै ठाउँमा ल्याउन त्यस्तो फोरमको आवश्यकता भएको बताएका थिए ।

‘समाजवादी फोरम बनाउने कि भन्ने प्रस्ताव अध्यक्षले गर्नु भएको छ,’ उपमहासचिव हरिबोल गजुरेलले भने, ‘तर, आज त्यसबारे धैरै छलफल भएन ।’

समाजवादी केन्द्र बनाउने भन्दै यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादीले एकता संयोजन समिति बनाउने सहमति गरेका थिए । त्यस्तै नेपाल समाजवादी पार्टीले पनि समाजवादी केन्द्र बनाउन पार्टी एकता गर्ने सहमति गर्दै माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेको थियो ।

आजको बैठकमा प्रचण्डले त्यसलाई विस्तार गरेर समाजवादी फोरम बनाउने प्रस्ताव गरेका थिए । अर्का उपमहासचिव जनार्दन शर्माले पनि समाजवादी केन्द्र बनाउने माओवादीको पुरानै एजेन्डा भएको बताए ।

‘समाजवादी केन्द्रल बनाउने त माओवादी एजेन्डा नै हो’, शर्माले भने, ‘आवश्यक भएका र सहकार्य गर्न सकिने दलसँग सहकार्य गरेर जान सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?