
३ पुस, चितवन । मादक पदार्थ सेवन गरेर भरतपुर अस्पतालका चिकित्सकलाई धम्काएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका -७ विशाल काफ्ले र भरतपुर महानगरपालिका-९ ऋषिकेश कँण्डेल रहेका छन् । उनीहरूले मापसे परीक्षणका क्रममा चिकित्सक माथि अभद्र व्यवहार गर्दै भौतिक आक्रमणको प्रयास गरेको आरोप पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले बताए ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यता, भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले दोषीलाई कारर्वाही गर्न र अस्पतालमा शान्ति सुरक्षाको व्यवस्था गरिदिन माग गर्दै जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4