+
+

संगीतकार जुगल डंगोल सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १८:१२

३ पुस, काठमाडौं । संगीतकार जुगल डंगोल सम्मानित भएका छन् । नेपाली संगीतमा विगत तीन दशक भन्दा लामो समयदेखि योगदान दिएको भन्दै लू निभा: बाल सरोकार समूहले डंगोलले शनिबार काठमाडौंमा एक समारोहबीच लू निभा : सम्मान २०७९ बाट सम्मानित गरेको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मानव अधिकारबादी गौरी प्रधानलगायतले सँगीतकार डंगोललाई सो सम्मान अर्पण गरेका हुन् ।

बिगत अढाई दशकदेखि बालबालिकाको हकहित तथा अधिकारका लागि काम गर्दै आएको संस्था लू निभा : बाल सरोकारले आफ्नो रजत जयन्ती विभिन्न कार्यक्रम गरेर काठमाडौंमा मनाएको छ ।

सोही कार्यक्रममा संगीतकार जुगल डंगोललाई सम्मानित गरिएको हो । संगीतकार डंगोलको शब्द संगीतमा तयार भएको अलोन्सा डंगोलको स्वर रहेको गीत लुनिभा…को कार्यक्रममा विमोचन गरियो ।

सबै विधाका संगीत गर्दै आएका संगीतकार डंगोलको बाल संगीतको विकाश र प्रवर्धनमा पनि त्यत्तिकै योगदान रहेको कार्यक्रममा सो संस्थाका सँस्थापक अध्यक्ष नरेन्द्र डंगोलले कार्यक्रममा बताए ।

उनले आफुहरुले संगीतकार डंगोललाई यसपटक सम्मानित गरेको पनि उनले प्रकाश पारे । संगीतकार डंगोलले हालसम्म एक सय भन्दा बढी बाल गीतमा संगीत गरिसकेका छन् ।

डंगोलले विश्वको सबैभन्दा कान्छी बाल गायिका अतिथि गौतम केसीको गीतिसँग्रह ‘अतिथी’ सहित अन्य बाल कलाकारका भोली फुल्ने फुल, माई फस्ट स्टेप, मिल्ने साथी, हाम्रो आवाज, सुनचरी, उत्साह, गुँरास र साकुरा, टप अफ द वल्र्ड जस्ता थुप्रै बाल गीतिसँग्रहका गीतमा संगीत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?