
काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघको अध्यक्षमा पूर्खाजित राई निर्विरोध चयन भएका छन् । काठमाडौंमा भएको पाँचौं महाधिवेशनबाट १० सदस्यीय कार्यसमिति चुनिएको छ ।
चार जना उपाध्यक्षमा ‘डान्सिङ स्टार्स नेपाल’ फेम्ड अभिनेत्री छिरिङ शेर्पा, भुइसाल लामा, हरिमाया गुरुङ र गुन्जा चौधरी चुनिएका छन् ।
महासचिवमा होमकुमारी माझी चयन भएकी छन् । सचिवमा अर्बिन विश्वास राजवंशी र गणेश थामी, कोषाध्यक्षमा विपना भुजेल, सहकोषाध्यक्षमा सविता धिमाल सर्वसम्मत चुनिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4