+
+

सांसदहरूको शपथ यसै साता गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते १३:३८

४ पुस, काठमाडौं । संघीय संसद सचिवालयले सांसदहरुको शपथको तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

संघीय संसदका महासचिव भरतराज गौतमले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको समन्वयमा शपथको समय समेत करिब करिब टुंगो लगाएको संसद सचिवालयका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार सांसदहरूको शपथ पुस ६ वा ७ गते दिउँसो १ बजे गर्ने तयारी छ ।

तर, सांसदहरुको शपथ भन्दा अगाडि निर्वाचितहरुमध्ये सबैभन्दा ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनुपर्छ । ज्येष्ठ सदस्यको पहिचान संसद सचिवालयले गरिसकेको छैन ।

निर्वाचन आयायेगले संसद सचिवालयलाई निर्वाचित सांसदहरुको उमेर (जन्ममिति) समेतको विवरण उपलब्ध गराएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको सांसदहरुको विवरणलाई मात्रै आधार नमानेर संसद सचिवालयले सम्भावित ज्येष्ठ सदस्यहरुको नागरिकता नै मगाएर अध्ययन गरिरहेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे बताउँछन् ।

सांसदहरुको शपथ भने नयाँ वानेश्नर स्थित संसद भवनमै हुनेछ । शपथ लिएपछि सांसदहरुले सांसद भएवापत प्राप्त गर्ने सेवा सुविधा पाउनेछन् । दलहरुका लागि सिंहदरबारमा र नयाँ बानेश्वरमा समेत कार्यलय व्यवस्थापन गरिएको छ । संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतकहरुलाई कार्यालयका साथसाथै गाडी लगायतको पनि सुविधा उपलब्ध हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?