+
+

विरामीलाई तातो पन्यूँले डाड्ने ‘माता’ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते २१:१३

४ पुस, काठमाडौं । उपचारका लागि भन्दै आएकी एक जना विरामीलाई सक्त घाइते बताएको आरोपमा आफूलाई माता बताउने सचिना मगर तामाङ पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई सोमबार पक्राउ गरेको एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । उनले भने, ‘मंगलबार अनुसन्धानका लागि हिरासतमा राख्न म्याद लिएर विस्तृत अनुसन्धान थाल्छौं ।’

प्रहरीका अनुसार भोजपुरको आमचोक गाउँपालिका–६ स्थायी घर भइ तारकेश्वर नगरपालिका–११, मनमैजु बस्ने एक जना महिला उपचारका लागि जरंखुस्थित तामाङको घरमा पुगेकी थिइन् । तामाङले उनको काम्ने, बरबराउने र छटपटाउने समस्याको उपचार गरिदिने भन्दै त्यहाँ बोलाएकी थिइन् ।

रोग निको पार्छु भन्दै दैनिक तातो पन्यूँले डाम्ने, तेलले पोल्ने गर्न थालेपछि उनी घाइते भइन् र आफन्तहरुलाई खबर गरिन् । उनको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ । ‘कात्तिक १७ गतेदेखि उहाँ त्यहाँ बस्नु भएको पाइएको छ’, एसपी मैनालीले भने, ‘सक्त घाइते भएपछि मात्रै प्रहरी समक्ष खबर आइपुग्यो ।’

अहिलेको समयमा पनि अन्धविश्वासको भर पर्दा महिला घाइते भएको बताउँदै प्रहरीले सर्वसाधारणलाई यस्तो विश्वासमा नपर्न आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?