+
+

हज यात्रुबाट लिइएको विविध खर्चबापतको रकम फिर्ता हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते ८:३५
हजयात्रीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्दै गृहमन्त्री बालकृष्ण खाँण ।

५ पुस, काठमाडौं । नेपाल हज समितिले हजयात्रुहरुबाट लिएको विविध शुल्क वापतको रकम फिर्ता गर्ने भएको छ ।

यस वर्षको हजमा सहभागी ५५८ जना हज यात्रुलाई ४ हजार ३४५ रुपैयाँ ७१ पैसा फिर्ता गर्न लागिएको हो ।

हज समितिले हज यात्रामा सहभागीहरुलाई नेपालका क श्रेणीका बैंक खाताको विवरण र पासपोर्टको फोटोकपी सहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आजको मितिदेखि एक महिनाभित्र निवेदन दिन अनुरोध गरेको छ ।

सन् २०२२ को जुलाईमा हजका लागि नेपालबाट जाने यात्रुहरुबाट विविध खर्च शीर्षकमा साउदी रियाल २०० को दरले रकम लिएको थियो । उक्त रकम खर्च भएको थिएन ।

परराष्ट्र मन्त्रालयमार्फत् नेपाली कन्सुलेट जनरल जेद्दाबाट रकम भुक्तानी हुँदा विनिमयदर परिवर्तन र बैंक कमिसन बापतबाट खर्च भएको रकमसमेत कट्टा गरी बाँकी रहेको रकम हजयात्रीकै बैंक खातामा फिर्ता गरिदिने हज समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?