
काठमाडौं । हिमालयन बैंकले १९.११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
५ पुस मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ८ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ११.११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको छ ।
नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात मात्र उक्त लाभांश वितरण गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4