+
+

ओलीले भने : हामीले हारेका छैनौं, जितेका छौं

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते १४:१२

५ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चुनाव नहारेको बताएका छन् । मंगलबार पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफूहरुले घेराबन्दी र धाँधलीका बीच चुनाव जितेको बताए ।

‘हामी हारेका छैनौं, हामीले जितेका छौं, हामीले हार्नुहुदैन । हामीले हार्दा हाम्रो उद्देश्य हार्छ, देशको आकांक्षा हार्छ, हाम्रो गन्तव्य हार्छ’ उनले भने ।

अपेक्षा गरेको सिट ल्याउन नसके पनि आफूहरुले उत्सव मनाइरहेको अध्यक्ष ओलीले बताए ।

‘राजनीतिक भविष्यवाणी कस्ता थिए ? माटो चटाउँछौं, धुलो चटाउँछौं, भित्तामा पु¥याउँछौं, टर्च बालेर खोज्नुपर्छ भनेका थिए’ ओलीले भने, ‘टर्च बालेर होइन, टर्च बाल्न पर्दैन नेकपा एमालेको गति र चाल जसले जहाँबाट पनि सुन्न सक्छ विश्वभरिबाट ।’

एमालेमाथि चौतर्फी हमला हुँदैनथ्यो भने देशलाई स्थिरता दिने अवस्थामा आफूहरु हुने उनले बताए । तर राज्यशत्ता र शक्तिको दुरुपयोग गरेर आफूहरुको विजय खोसिएको ओलीले बताए ।

‘राज्यसत्ता र शक्तिको चरम दुरुपयोग भएको छ । राज्यका विभिन्न अंगको दुरुपयोग भएको छ । सार्वभौमसत्ता सम्पन्न जनताको सार्वभौम अधिकारमाथि हमला भएको छ । सार्वभौम जनताले शान्तिपूर्ण निर्भय वातावरणमा प्रतिनिधि छान्न पाउने अधिकार खोसिएको छ’ उनले भने ।

ओलीले निर्वाचन आयोगको भूमिकामाथि पनि प्रश्न उठाए । धाँधली र बुथ कब्जा भएको प्रमाण दिँदा पनि पुनः मतदान नगरेको भन्दै उनले असन्तुष्टि जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?