+
+

जाइकाले डोल्मा इम्प्याक्ट फन्डमा १ अर्ब ३२ करोड लगानी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते १५:३०

५ पुस, काठमाडौं । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले स्वपूँजी लगानी (प्राइबेट इक्विटी) कोष डोल्मा इम्याक्ट फन्ड (डीआईएफ) मा १ अर्ब ३२ करोड रुपैयाँ (१० मिलियन अमेरिकी डलर) बराबरको लगानी गर्ने भएको छ । जाइकाले नेपालको निजी क्षेत्रमा गर्न लागेको यो पहिलो लगानी हो ।

डोल्मा फण्ड म्यानेजमेन्ट र जाइकाबीच लगानी गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो । जाइकाको लगानी मुख्यतया नेपालमा निजी क्षेत्र द्वारा प्रवद्धित स्वास्थ्य सेवा, सूचना/डिजिटल प्रविधि तथा नवीकरणीय ऊर्जामा काम गर्ने कम्पनीहरुमा प्रयोग गरिनेछ ।

जाइकाले उक्त लगानी नेदरल्याण्डसको उद्यमशीलता विकास बैंक एफएमओ, बेलायत सरकारको विकास बैंक ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्ट, स्वीडेन सरकारको विकास वित्तीय संस्था स्वीडेफन्ड, अमेरिकी सरकारको विकास वित्तीय नियोगसँगै सहवित्तीयकरणमा लगानी गरेको हो ।

यस सम्झौतासँगै डीआईएफ को कूल कोष अमेरिकी डलर ७१.९६ मिलियन पुगेको छ । २०१५ को भूकम्पका कारण केही समय अस्थायी रुपमा आर्थिक मन्दी भोगेका अर्थतन्त्रको पुनरुत्थान भइसकेकोले नेपाल अल्पविकसित देशको श्रेणीबाट विकासोन्मुख देशमा स्तरोन्नती हुने चुनौती नेपाल समक्ष छ ।

नेपालमा उद्योगहरु र रोजगारीका अवसरहरुको अभावका कारणले आप्रवासी कामदारहरुको बढोत्तरी हुनगएको छ, यसैले गर्दा नेपालमा उद्योगहरुलाई आशाजनक जनशक्तीको अभाव पनि भइरहेको छ । तसर्थ नेपालमा स्वास्थ्य सेवा, सूचना / डिजिटल प्रविधि क्षेत्र जस्ता सम्भावनापूर्ण क्षेत्रहरुमा थप लगानी अपरिहार्य छ । प्राकृतिक रुपमै प्रचुर मात्रामा उपलब्ध जलस्रोतको परिचालन गरी जलविद्युतको उत्पादन गर्न समेत लगानी जरुरी रहेको छ ।

डोल्मा फण्ड म्यानेजमेन्टले औद्योगिक विकास, रोजगारी सिर्जना र नवीकरणीय उर्जाको विकासलाई बढावा दिने किसिमका कोषहरुको व्यवस्थापन गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?