एन्फालाई एनएसएलले १७ करोड २१ लाख दिने
![२०७९ पुष ५ गते १९:१३](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2021/img/clock-icon.png)
![एन्फालाई एनएसएलले १७ करोड २१ लाख दिने](https://www.onlinekhabar.com/wp-content/uploads/2022/12/Anfa-NSL-agrement.jpg)
५ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाल सुपर लिग एनएसएल फुटबल आयोजनाबाट ८ वर्षमा १७ करोड २१ लाख रुपैयाँ पाउने भएको छ ।
एनएसएल फुटबल आयोजनाको सबै अधिकार दिए वापत एन्फाले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिबाट ८ वर्षमा यो रकम पाउने भएको हो । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि एनएसएल फुटबलको आयोजक हो ।
एन्फा र एनएसएल आयोजकबीच एक समारोहबीच यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । र हस्ताक्षर समारोहमा नै पहिलो सिजनको १ करोड ५० लाख रुपैयाँको चेक एन्फालाई हस्तान्तरण भएको छ ।
नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिका अध्यक्ष आश्रयता कार्की चौधरीले एन्फाका महासचिव किरण राईलाई चेक हस्तान्तरण गरेकी हुन् ।
प्रतिक्रिया 4