
६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गर्ने भएको छ। सांसदहरुले शपथ लिएपछि माओवादीले दलको नेता चुन्न लागेको हो ।
माओवादी केन्द्रका सांसद रणेन्द्र बराईलीका अनुसार शपथ लगत्तै दिउँसो ४ बजे संसदीय बैठक बोलाइएको छ।
दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित जस्तै छ । उनलाई दलको नेतामा चुनौती दिने माओवादीमा कोही पनि देखिएका छैनन्।
माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित १८ र समानुपातिकबाट १४ गरी ३२ सांसद छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4