
काठमाडौं । नेपाल पर्यटन बोर्डमा जारी नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको समापन आज हुँदैछ ।
दीपक रौनियार निर्देशित र दयाहाङ राईको अभिनय रहेको फिल्म ‘फोर नाइट्स’को नेपाल प्रिमियर हुँदै फेस्टिभल समापन हुनेछ ।
बर्लिन फेस्टिभलमा विश्व प्रिमियर भैसकेको यो फिल्मलाई नेपालमा पहिलोपटक देखाउन लागिएको हो । दयाहाङसहित फिल्ममा आमशा मगराँतीको समेत अभिनय छ ।्
महोत्सवमा २५ देशका ६४ वटा कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन लगायतका फिल्म प्रदर्शन भएका छन् । प्रदर्शन गरिने चलचित्रमध्ये चार विधामा उत्कृष्ट स्थान हासिल गर्नेलाई नगदसहित अवार्ड दिइनेछ ।
उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि अवार्ड प्रदान गरिनेछ । आइतबारदेखि ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’को नारासहित आयोजना भएको महोत्सव शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाइमिङ ट्याम्पेचर्स ः टप अफ द वल्र्ड’ प्रिमियरसँगै सुरु भएको थियो ।
दोस्रो दिन फिल्म स्क्रिनिङसहित ‘जलवायु परिवर्तन र न्यायसम्बन्धी’ विषयमा मानव अधिकारकर्मी, जलवायुसम्बधी विज्ञ, चलचित्रकर्मीसँग प्यानल छलफल पनि गरिएको थियो ।
यस्तै, महोत्सवको तेस्रो दिन पनि ‘लुकेर बसेका कथालाई कसरी वृत्तचित्रमा प्रस्तत गर्ने ?’ भन्नेबारे भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टचार्यले मास्टर क्लास दिएका थिए ।
प्रतिक्रिया 4