+
+

राधी जलविद्युत कम्पनीले ५ प्रतिशत लाभांश दिने

२८ पुसमा साधारणसभा आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते ११:२८

६ पुस, काठमाडौं । राधी जलविद्युत कम्पनीले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने भएको छ । ५ पुस मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरनीलाई हाल कायम चुक्ता पुँजी ४.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै सोही लाभांशको कर प्रयोजनको लागि ०. २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकेा हो ।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्नको लागि २८ पुसमा साधरणसभा आह्वान गरेको छ । साधारणसभाको लागि १३ पुसमा एक सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

यस अनुसार कम्पनीको प्रस्तावित लाभांश १२ पुससम्म कायम सेयरधनीले प्राप्त गर्नेछन् भने सोही मितिसम्म कायम सेयरधनीले साधारणसभामा सहभागि हुन सक्नेछन् ।

कम्पनीको प्रस्तावित लाभांश २८ पुसमा हुने वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?