
काठमाडौं । एनएमबि बैंकका ग्राहकले आन्तरिक विमानस्थलको भित्री लबीमा अवस्थित स्वोनिगा लाउन्जकाे सेवामा विशेष छुट पाउने भएका छन् । एनएमबि बैंक र स्वोनिगा लाउन्ज बीच सेवा छुटसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र स्वोनिगा लाउन्जका प्रबन्ध निर्देशक सुवास श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले लाउन्ज सेवाका साथै भिसा डेबिट वा क्रेडिट कार्ड मार्फत पेमेन्ट गर्दा अधिकतम २० प्रतिशतसम्मको आकर्षक छुट पाउने व्यवस्था गरिएको छ ।
अत्याधुनिक बैंकिङ सुविधा, विद्युतीय भुक्तानी अभिवृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैंकले छुटका लागि सहकार्य गरेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4