+

विश्वकप हारेपछि फ्रेञ्च खेलाडीमाथि भएको रंगभेदी टिप्पणीको निन्दा

२०७९ पुष  ६ गते १४:५१ २०७९ पुष ६ गते १४:५१
विश्वकप हारेपछि फ्रेञ्च खेलाडीमाथि भएको रंगभेदी टिप्पणीको निन्दा

६ पुस, काडमाडौं । विश्वकपमा पेनाल्टीमार्फत अर्जेन्टिनासँग हारेपछि फ्रान्सका केही खेलाडीमाथि भएकोे रंगभेदी टिप्पणीप्रति फ्रेञ्च फुटबल फेडेरेसन(एफएफएफ) ले आपत्ति जनाएको छ ।

एफएफएफले खेलाडीमाथि भएको रंगभेदी व्यवहारको निन्दा गरेको छ ।

एफएफएफले बुधबार ट्वीट गरेको छ, ‘विश्वकप फाइनलपछि फ्रान्सका केही खेलाडीमाथि सामाजिक सञ्जालमा रंगभेदी आरोपसहित घृणित टिप्पणीहरु भएको छ । जुन नितान्त अस्विाकार्य रहेको छ । एफएफएफ त्यसको निन्दा गर्छ र त्यस्तो लेख्नेमाथि उजुरी दायर गर्नेछ ।’

फ्रान्सका फरवार्ड किङ्स्ले कोमान र मिडफिल्डर अरेलियन टचोमेनीमाथि रंगभेदी टिप्पणी भएको थियो । कङ्स्लेको पेनाल्टी अर्जेन्टिनी गोलकिपर इमिलियानोले बचाएका थिए भने टचोमेनीको बल पोष्ट बाहिर गएको थियो । जसका कारण डिफेन्डिङ च्याम्पियन फ्रान्सले विश्वकपको उपाधि गुमाएको थियो ।

कोमानको क्लब बायर्न म्युनिखले पनि २६ वर्षीय खेलाडीको समर्थन गर्दै सामाजिक सञ्जाल फेसबुकमा रंगभेदी व्यवहारको निन्दा गरेको थियो ।

फेसबुक पोष्टमा लेखिएको छ, ‘बायर्न म्युनिख हाम्रा खेलाडी किङस्ले कोमानमाथि भएको रंगभेदी आरोपको निन्दा गर्छ । टिम तिमीसँगै छ, किङ (राजा) रंगभेदी कुराले खेलकुद र समाजमा कुनै पनि स्थान राख्दैन ।’

फिफा विश्वकप फ्रान्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय