
६ पुस, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत डिन आर थम्पसनबीच बुधबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटमा राजदूत थम्पसनले राप्रपा अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभाको सदस्य निर्वाचित भएकामा र ४ मंसिरको निर्वाचनमा राप्रपाले सफलता पाएकामा बधाई दिएका थिए ।
भेटका क्रममा समसामयिक विषय र दुई पक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको भेटमा सहभागी राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4