
काठमाडौं । प्रियंका कार्की, ऋचा शर्मा र बेनिशा हमाल स्टारर फिल्म ‘चि मुसी चि : इभन डेड डिजाइर बिल्डिङ’को ट्रेलर सार्वजनिक भएको छ ।
बुधबार ललितपुरस्थित क्यूएफएक्स हलमा आयोजित पत्रकार सम्मेलनमा कलाकार र फिल्म निर्माण युनिटको उपस्थिति थियो । झण्डै तीन मिनेटको ट्रेलर मनोवैज्ञानिक थ्रिलर, बदला, क्राइम र सुपरन्याचुरल महसुस हुन्छ ।
ट्रेलरको अन्त्यतिरको एउटा संवादले फिल्मको मुख्य कथावस्तुलाई लिएर एउटा संकेत दिन्छ । त्यो हो, छोराको चाहनामा छोरीको भ्रूणको अन्त्य गर्नु । हुनसक्छ यही कारण प्रमुख पात्र प्रियंका कार्कीको मनोविज्ञान संघर्षपूर्ण लाग्छ ।
वास्तविक जीवनमा पनि पतिपत्नी रहेका प्रियंका र आयुष्मान जोशी यसमा पनि स्क्रिन कपलको रुपमा छन् । ऋचा, राजन खतिवडा, रविन्द्र झा, बेनिशा र गौरव विष्ट महत्वपूर्ण पात्रको भूमिकामा छन् । रहस्यपूर्ण कथावस्तुको कारण ट्रेलरले दर्शकलाई कौतुहल तुल्याउँछ ।
विभूति नेपाल र विज्ञ नेपालले यही फिल्मबाट अभिनयमा डेब्यु गरेका छन् । मण्र्य जेम्स र यश सैनीको निर्देशन र पटकथा छ । सुसन प्रजापतिको छायांकन, यश सैनीको सम्पादन छ । फिल्मलाई रिञ्जु केसी र अरुण चक्रवर्तीले निर्माण गरेका हुन् ।
प्रतिक्रिया 4