
६ पुस, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले २३.१५७९ प्रतिशत लाभांश दिने भएको छ ।
७ पुस बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले सेयरधनीलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट उक्र लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी ६० करोड रुपैयाँको २२ प्रतिशतले हुन आउने १३ करोड २० लाख रुपैयाँ बराबेबो बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि १.१५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वाषिर्क साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4