
७ पुस, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले २३ प्रतिशत लाभांश दिने भएको छ । ६ पुस बुधबार बसेकेा कम्पनी सञ्चालक समितिको बैंठकले सेयरधनीलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ५३ करोड १२ लाख ५ हजार ३८९ रुपैयाँको २३ प्रतिशतले हुन आउने १२ करोड २१ लाख ७७ हजार २३९ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेकेा छ ।
यस्तै कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा मर्जर तथा प्राप्ति कार्य सम्पन्न गरि एकीकृत कारोबार सुरु गरेकोले आयकर ऐन २०५८ अनुसार लाभांशमा कर नलाग्ने भएकोले कर प्रयोजनकेा लागि लाभांश नछुट्याएको कम्पनीले जनाएको छ ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4