
७ पुस, काठमाडौं । विकिनी किलर चार्ल्स शोभराजलाई भेट्न उनकी सासु सकुन्तला विश्वास केन्द्रीय कारागार पुगेकी छन् ।
शोभराजको मुद्दामा वकालत समेत गरेकी विश्वास बिहीबार दिउँसो उनलाई भेट्न केन्द्रीय कारागार पुगेकी हुन् । तर, कारागार प्रशासनलाई उनलाई शोभराजसँग भेट गर्न दिएन ।
स्रोतका अनुसार केही समयपछि छुट्ने भएकाले कागजात मिलाउने प्रक्रिया चलिरहँदा उनलाई अहिले भेट्न नमिल्ने बताइएको हो । शोभराजलाई भेट्न नपाएपछि उनले शोभराज छुट्ने प्रक्रियाबारे कारागार प्रशासनसँग चासो राखेकी थिइन् ।
भेटपछि उनले ढिलै भएपनि उनी थुनामुक्त हुन लागेको सुन्दा आफूलाई खुशी लागेको बताइन् । ‘आई एम ग्रेटफुल, आई एम ह्याप्पी’, विश्वासले भनिन् ।
उनकी छोरी निहितासँग शोभराजले जेलमै रहँदा विवाह गरेका थिए । पछि उनी भारतीय रियालिटी शो विग बोसमा पनि सहभागी भएकी थिइन् । निहितामा पनि अधिवक्ता हुन् ।
कारागार प्रशासनले शोभराजलाई चाहिँ केही समयपछि अध्यागमन विभाग बुझाउने तयारी गरेको छ । अध्यागमले उनलाई कहिले डिपोर्ट गर्ने भन्ने निर्णय गर्छ । बुधबार अदालतले शोभराजलाई थुनामुक्त गर्न दिएको आदेशमा १५ दिनभित्र स्वदेश फर्काउन भनिएको छ ।
तर, शोभराजले चाहिँ सकभर केही समय नेपालमै बस्ने इच्छा राखेका छन् । उनले यसका लागि अध्यागमनसमक्ष निवेदन दिने गरेका छन् । अध्यागमनले कसैको जिम्मा जमानीमा उनलाई छाड्न सकिने बताएको छ ।
प्रतिक्रिया 4