
७ पुस, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेस प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष राउतले मधेस प्रदेशमा आफ्नो पार्टी तेस्रो रहेकाले स्वभाविक रुपमा मुख्यमन्त्रीको दाबी रहने बताए ।
मधेश प्रदेशसभामा २३ सिट ल्याएको नेकपा एमाले पहिलो, २२ सिट जितेको नेपाली कांग्रेस दोस्रो, १६ सिट जितेको जनता समाजवादी पार्टी तेस्रो र १३ सिट सहित जनमत पार्टी चौथो भएको छ ।
राउतले जनताको अपेक्षा पनि जनमत पार्टीलाई नेतृत्व दिनुपर्ने भन्ने रहेको बताए । ‘हामीसँग संख्यात्मक रुपमा राम्रो संख्या छ । हामी निर्णयक भूमिकामा रहेका छौं । मधेश प्रदेशमा नेतृत्वको दाबी छ । हामी तेस्रो ठूलो दल बनेका छौं मधेश प्रदेशमा । जनताले राम्रो सिट दिनुभएको छ । जनताको अपेक्षा पनि छ । हाम्रो मेन एजेण्डा सर्भिस डेलिभरी हो’ उनले भने ।
अध्यक्ष राउतले जनतामुखी सेवाहरु प्रदान गर्नु पार्टीको मुख्य जिम्मेवारी रहेको भन्दै शिक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दाहरु प्राथमिकतामा राख्ने बताए ।
प्रतिक्रिया 4