७ पुस, काठमाडौं । नेपाली यु-२३ भलिबल टोली बंगलादेशको राजधानी ढाकामा भएको साभा भलिबल च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको छ ।
नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग सोझो सेटमा पराजित भएको हो । पहिलो सेट २६-२४ ले गुमाएको नेपाली टोलीले दोस्रो सेट २५-२२ ले गुमाएको हो । नेपालले अन्तिम सेट २५-२१ ले गुमायो ।
बिहीबारदेखि सुरु भएको च्याम्पियनसिप ११ सम्म चल्नेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ ।
नेपालले च्याम्पियनसिपको दोस्रो खेलमा पुस ८ गते श्रीलंकासँग र ९ गते हुने लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ ।
प्रतिक्रिया 4