
काठमाडौं । जेम्स क्यामरुन निर्देशित हलिउडको साइन्स-फिक्सन फिल्म ‘अवतार : द वे अफ वाटर’ले नेपाली बक्स अफिसमा पहिलो साता आक्रामक कमाइ गरेको छ ।
नेपाल वितरक एप्पल इन्टरटेनमेन्टका अनुसार फिल्मले बिहीबार सात दिनसम्म चार करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको छ । शनिबारको बिदा र आइतबार पनि क्रिसमसको सार्वजनिक बिदा भएकाले फिल्मको कमाइ साढे पाँचदेखि ६ करोडसम्म हाराहारीमा हुने प्रक्षेपण गरिएको छ ।
शुक्रबार पनि फिल्मको अकुपेन्सी ७० प्रतिशतसम्म थियो । ‘अझै बिदाको दिन भएकाले फिल्मको कमाइ अझै माथि जान सक्ने हाम्रो अनुमान छ,’ एप्पलकी जेनिशा पहारीले अनलाइनखबरसँग भनिन् ।
शुक्रबार रिलिज भएको बलिउड फिल्म ‘सर्कस’को भन्दा पनि ‘अवतार २’को अकुपेन्सी निकै उच्च देखिएको छ । फिल्मले विश्वभरबाट ६०० मिलियन डलरको आँकडा पार गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4