+

फुटबलका अन्जन र भारोत्तोलनका कमल सम्मानित

२०७९ पुष  ८ गते १६:५७ २०७९ पुष ८ गते १६:५७
फुटबलका अन्जन र भारोत्तोलनका कमल सम्मानित

८ पुस, काठमाडौं । राष्ट्रिय फुटबल टिमका स्ट्राइकर अन्जन विष्ट र भारोत्तोलनका भेट्रान खेलाडी साग स्वर्ण विजेता कमलबहादुर अधिकारी सम्मानित भएका छन् ।

छत्रबहादुर थापा स्मृति प्रतिष्ठानले शुक्रबार अन्जन र कमललाई नगदसहित सम्मान गरेको हो । दुवै खेलाडीले जनही नगद ५० हजार रुपैयाँ पुरस्कार पाए । उनीहरु दुवैलाई प्रधानसेनापति प्रभुराम शर्माले सम्मान गरेका हुन् ।

नेपाली सेनाका अवकासप्राप्त रथी नेत्रबहादुर थापा, राप्रपा नेपालका अध्यक्ष कमल थापा र अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वअध्यक्ष गणेश थापाका पिता छत्रबहादुरको स्मृतिमा स्थापित प्रतिष्ठानले चार वर्षदेखि खेलाडीलाई सम्मान गर्दै आएको छ । यो सम्मानबाट यसअघि राष्ट्रिय टिमका स्ट्राइकर नवयुग श्रेष्ठ सम्मानित भइसकेका छन् ।

नेपाली राष्ट्रिय टोलीमा नियमित सदस्य अन्जनले ११ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । नेपालले १२औं दशौं दक्षिण एसियाली खेलकुद (साग), बंगबन्धु कप र एएफसी सोलिडारिटी कप अन्जन टिमका मुख्य खेलाडी थिए ।

कमलले सन् २००६ कोलम्बोमा आयोजना भएको दशौं सागमा नेपालका लागिस्वर्ण पदक जितेका थिए । त्रिभुवन आर्मी क्लबका कमल दुई दशकदेखि भारोत्तोलन खेलाडीका रुपमा सक्रिय छन् ।

अन्जन विष्ट कमलबहादुर अधिकारी छत्रबहादुर थापा स्मृति प्रतिष्ठान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय