
'लण्डन टु पेरिस'की मुख्य नायिका साम्राज्ञी शाह । फाइल तस्वीर
काठमाडौं । साम्राज्ञी शाहको मुख्य भूमिका रहेको फिल्म ‘लण्डन टु पेरिस’को रिलिज स्थगित भएको छ । फागुन ५ गतेको निर्धारित मितिमा फिल्म रिलिज नहुने निर्देशक घनश्याम लामिछानेले जानकारी दिए ।
प्राविधिक काम सम्पन्न गर्न समय नपुग्ने भएकाले उक्त मितिमा फिल्म नआउने उनको भनाइ छ । उक्त मितिमा ‘परदेशी २’ र ‘फूलबारी’ले रिलिज मिति घोषणा गरेका छन् । प्रकाश सपुतको ‘परदेशी २’ पनि सर्नसक्ने जनाइएको छ ।
‘लण्डन टु पेरिस’को बाँकी छायांकनका लागि कलाकारहरु फ्रान्स जाने कार्यक्रम छ । ‘छायांकन बाँकी रहेको र प्राविधिक काम गर्न समय अपुग हुने भएकाले सार्ने निधो गरेका हौं,’ लामिछानेले भने, ‘नयाँ डेट घोषणा भइसकेको छैन ।’
लण्डन टु पेरिसमा साम्राज्ञीसहित गरिमा शर्मा, कबीर खड्का, निश्चल खड्का र लोकविक्रम मल्लको प्रमुख भूमिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4