८ पुस, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे १९ केजी सुन बरामद गरेको छ ।
फ्लाई दुबईको उडानबाट आएका सुडानी नागरिकको साथबाट साढे १९ किलो तरल सुन (लिक्विड गोल्ड) वरामद भएको विमानस्थलका डीआईजी श्याम ज्ञवालीले बताए ।
विमानस्थलको भन्सारमा नियमित जाँचकै क्रममा सुन फेला परेको उनले बताए ।
प्रहरीले सुन लिएर आउने सुडानी नागरिकलाई पक्राउ गरि आवश्यक अनुसन्धा भइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4